बालेन शाहलाई सांसद खतिवडाको सन्देश- जिब्रोमा ब्रेक लगाउनू

नेपालभ्युज

बालेन शाहलाई सांसद खतिवडाको सन्देश- जिब्रोमा ब्रेक लगाउनू

काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले काठमाडौं महानगरपालिका मेयर बालेन शाहलाई ‘जिब्रोमा ब्रेक लगाउन’ सुझाव दिएका छन्।

प्रतिनिधिसभाको शून्य सामयमा बोल्दै खतिवडाले ‘जननिर्वाचन भएपछि जिब्रोमा ब्रेक नलागेको बताए।

बालेनको नाम नलिई उनले भने ‘‘जननिर्वाचन भएपछि जिब्रोमा ब्रेक नलागेका धेरै छन्। कोही आगै ओकेल्छु, सिंहदरबार जलाएर ध्वस्त पाछौँ भन्छन्। कोही जातीय राज्य चाहियो र दिन्छौँ भन्छन्। कोही धार्मिक स्वतन्त्र र धार्मिकमा माथि आँच आउने का गर्छौँ। जित्ने राजनीतिज्ञहरूलाई जिब्रोमा ब्रेक लगाएर बोलिदिनुहुन अनुरोध गर्दछु।’’

सांसद खतिवडाले ‘जातीय राज्य चाहियो र दिन्छौँ भन्छन्’ भनेर उल्लेख गरेका पात्र भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हुन्।

मेयर शाहले आफ्नी श्रीमती चढेको काठमाडौं महानगरपालिकाको सरकारी गाडी बिदाको दिन रोकिएकोप्रति आक्रोश व्यक्त गर्दै सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका थिए।

बालेन पत्नी चढेको सरकारी नम्बर प्लेटको गाडी शनिबार राति कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो।

श्रीमती चढेको गाडीलाई केरकार गरेको भन्दै आक्रोशित भएका बालेनले ‘सिंहदरबारमा आगो लगाइदिने भन्दै’ फेसबुकमा धम्कीपूर्ण स्ट्याटस लेखेका थिए। तर, चौतर्फी आलोचना भएपछि बालेनले उक्त स्ट्याटस भने अहिले फेसबुकबाट हटाइसकेका छन्।

मेयर बालेनलक्षित काठमाडौं प्रशासनको विज्ञप्ति– कानुन सबैलाई बराबर हो, जथाभावी वक्तव्यबाजी नगर्नू


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved