डोल्पामा भेटियो नयाँ ताल, तिलिचोभन्दा पनि अग्लो स्थानमा रहेको दाबी

नेपालभ्युज

डोल्पामा भेटियो नयाँ ताल, तिलिचोभन्दा पनि अग्लो स्थानमा रहेको दाबी

काठमाडौं। डोल्पाका जनप्रतिनिधिहरूले मनाङको तिलिचो तालभन्दा पनि अग्लो स्थानमा अर्को नयाँ ताल फेला परेको दाबी गरेका छन् । डोल्पाको डोल्पोबुद्ध गाउँपालिका वडा नम्बर ६ फालगाउँमा तिलिचो ताल रहेको उचाइभन्दा पनि अग्लो स्थानमा नयाँ ताल फेला पारेको सो पालिकाका जनप्रतिनिधिहरूले दाबी गरेका हुन् ।

सबैभन्दा उचाइमा रहेको तिलिचो ताल समुद्र सतहदेखि ४ हजार ९१९ मिटर उचाइमा छ । यो रेकर्ड हालसम्म तिलिचोकै नाममा छ । तर, डोल्पाको फालगाउँमा भेटिएको ताल समुद्र सतहदेखि ५ हजार १९० मिटर उचाइमा रहेको डोल्पोबुद्ध गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष नुर्बु डम्डुल गुरुङले दाबी गरे ।

आफूहरूसँग भएको जीपीएसबाट ताल रहेको स्थानको उचाइ ५ हजार १९० मिटर मापन गरेको वडाध्यक्ष गुरुङले बताए । उनका अनुसार यो ताल नेपाल-चीनको १५ नम्बर सीमा स्तम्भबाट नजिक पर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved