विद्यालयबाट फर्कने क्रममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु

नेपालभ्युज

विद्यालयबाट फर्कने क्रममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु

रुकुम पश्चिम।  रुकुम पश्चिममा खोलाले बगाउँदा दाजु बहिनीको मृत्यु भएको छ ।

चौरजहाजरी नगरपालिका ६मा  विद्यालयबाट घर फर्किने क्रममा नाउलाखोलामा आएको बाढीले बगाउँदा चौरजहारी नगरपालिका-६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले मनोजको शव १ सय ५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला दिए ।

मनोज बुढाथोकी आधारभूत विद्यालय घर्तीकाँडाको कक्षा ३ मा र भावना कक्षा १ मा पढ्थिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved