माओवादीले भन्यो- १२ बुँदे व्याख्यात्मक घोषणा अस्वीकार भए एमसीसी खारेज हुन्छ

नेपालभ्युज

माओवादीले भन्यो- १२ बुँदे व्याख्यात्मक घोषणा अस्वीकार भए एमसीसी खारेज हुन्छ

काठमाडौं । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का महासचि देवप्रसाद गुरुङले संसद्‌बाट एमसीसी पारित गर्दा गरिएको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिका नपठाइएको स्वीकार गरेका छन् ।

नेपालभ्यूजसँग उनले भने— एमसीसी पारित हुँदा बनेको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिका पठाइएको छैन । कहिले पठाइन्छ, थाहा छैन । त्यो काम सरकारको हो ।

महासचिव गुरुङले आजबाट एमसीसी आधिकारिकरूपमा कार्यान्वयनमा आएको र अब तत्कालै उक्त व्याख्यात्मक घोषणा अमेरिका पठाइनुपर्ने बताए । “अब तत्कालै अमेरिका पठाइनुपर्छ र त्यो अस्वीकार भए हामीले पनि एमसीसी परियोजना अस्वीकार गर्नुपर्छ, खारेज गर्नुपर्छ । हाम्रो अडान त्यही हो,” उनले भने ।

२०७८ फागुन १५ गते संसद्‌बाट एमसीसी पारित हुँदा दलहरूबीच १२ बुँदामा सहमति भएको थियो । उक्त बुँदाहरू अमेरिकाद्वारा अस्वीकृत भएमा एमसीसी स्वत: खारेज हुने प्रावधान भएको उक्त व्याख्यात्मक घोषणा अमेरिका पठाउनुपर्ने महासचिव गुरुङको माग छ ।

सुरुवाती चरणदेखि नै एमसीसीको विरोधी महासचिव गुरुङले अमेरिकाले एमसीसीमार्फत नेपाली भूमिमा सैन्य गतिविधि गर्न चाहेको र उसको चाहनाबमोजिम भए नेपालमाथि ठूलो सङ्कट गर्ने बताउने गरेका छन् । कार्यान्वयनमा आउनुअघि नै उक्त कुराको छिनोफानो हुनुपर्ने माग महासचिव गुरुङको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved