बडिमालिका दर्शन गर्न गएका दुई तीर्थ यात्रीको लेक लागेर मृत्यु

नेपालभ्युज

बडिमालिका दर्शन गर्न गएका दुई तीर्थ यात्रीको लेक लागेर मृत्यु
सांकेतिक तस्वीर।

सुर्खेत । कालिकोट र बाजुराको सिमानामा रहेको बडिमालिका मन्दिर दर्शन गर्न गएका दुई तीर्थ यात्रीको लेक लागेर मृत्यु भएको छ भने एकजना सिकिस्त बिरामी भएका छन् ।

लेक लागेर कालिकोट जिल्ला पलाता गाउँपालिका– १ का धनप्रसाद न्यौपाने र बाजुरा त्रिवेणी नगरपालिका– १ का भरत बुढाको मृत्यु भएको हो ।

अक्सिजनको कमीका कारण बेहोस भएका न्यौपानेको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो हो । त्यस्तै बुढाको दुर्गाभञ्जन गुल्म बाजुराले तीर्थयात्रीका लागि सञ्चालन गरेको मेडिकल क्याम्पमा उपचार क्रममा मृत्यु भएको हो ।

बिरामी परेकी कैलाली जिल्ला अत्तरिया घर भएकी ६३ वर्षीया ईश्वरी बोहरोको भने सेनाको मेडिकलमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको जनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved