शरीरमा आगो लगाएकी दार्चुलाकी महिलाको मृत्यु

नेपालभ्युज

शरीरमा आगो लगाएकी दार्चुलाकी महिलाको मृत्यु

धनगढी । आफ्नै शरीरमा आगो लगाएकी दार्चुलाकी एक महिलाको मृत्यु भएको छ ।

शरीरमा मट्टीतेल छर्केर आगो लगाएर आत्मदाहको प्रयास गरेकी शैल्यशिखर नगरपालिका-५ सेतकलाकी ४५ वर्षीया सुना साउँदको धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनले आइतबार घरमा कोही नभएको बेला शरीरमा आगो लगाएकी  थिइन् । दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमै उनको मृत्यु भएको बताए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved