१५५ किलो सुनसहितको ‘ब्रेक शु’ प्रकरण’ बरामद

विमानस्थलबाट पक्राउ परेका अडुकिया र दुई चिनियाँ नागरिक थुनामुक्त

नेपालभ्युज

विमानस्थलबाट पक्राउ परेका अडुकिया र दुई चिनियाँ नागरिक थुनामुक्त

काठमाडौं। हङकङबाट आएको १५५ किलो सुनसहितको ‘ब्रेक शु’ बरामद  प्रकरणमा पक्राउ परी राजश्व अनुसन्धान विभागले गरेको पत्राचारका आधारमा अध्यागमन विभागको कालोसूचीमा राखिएकाका दुई जना चिनियाँ नागरिक थुनामुक्त भएका छन् ।

राजस्वले कालोसूचीमा राख्न गरेको सिफारिसका आधारमा अध्यागमन विभागले दुई चिनियाँ नागरिक ली जिएलिन र लुई फुयानलाई पक्राउ गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बुझाएको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार अनुसन्धानका क्रममा उनीहरूलाई अहिल्यै थुनामा राख्नुपर्ने कारण नदेखिएकाले चाहिएका बेला उपस्थित हुनेगरी छाडिएका हो। उनीहरूसँगै व्यवसायी राकेश अडुकिया पनि थुनामुक्त भएका उनले जानकारी दिए ।

राजश्व अनुसन्धान विभागले ३ साउनमा हङकङबाट आएको १५५ किलो सुनसहितको ‘ब्रेक शु’ बरामद गरेको थियो । त्यसको १९ दिनपछि यसमा सङ्गठित अपराधको कसुर आकर्षित हुने देखिएको भन्दै थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मा लगाएको थियो ।

राजश्वको पत्रका आधारमा अध्यागमन विभागले शुक्रबार रोहन अडुकियालाई पनि पक्राउ गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved