आईएमई पेले गर्‍यो साउन महिनामा नारीलक्षित ‘प्रीति उत्सव’ अफर सार्वजनिक

नेपालभ्युज

आईएमई पेले गर्‍यो साउन महिनामा नारीलक्षित ‘प्रीति उत्सव’ अफर सार्वजनिक

काठमाडौं। आईएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै ‘प्रीति उत्सव’ नामक अफर सार्वजनिक गरेको छ । सो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गतेसम्म चल्नेछ ।

यस अफरमा जित्ने प्रत्येक विजेतालाई प्रीति क्लिकको पाँच हजार रुपैयाँको भौचर प्रदान गरिनेछ । सो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तराल भरी कम्तीमा एकपटक आईएमई पेमार्फत क्यूआर स्क्यान गरी भुक्तानी गर्नुपर्ने छ ।

अफर अन्तरालभरि प्रत्येक पाँच दिनपश्चात् गोलाप्रथामार्फत दुईजना विजेता छनोट गरिनेछ । विजेताहरूको नाम सामाजिक सञ्जालमार्फत घोषित हुनेछ । सेवाग्राहीले जुनसुकै क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् ।

विजेताहरूले प्रीति क्लिकमा गएर सो भौचरको प्रयोग गर्न सक्नेछन् । यो अफर आईएमई पेको महिला सेवाग्राहीहरूका लागि मात्र मान्य रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved