नागरिक उन्मुक्ति र सदभावना पार्टीबीच एकीकरणको सहमति

नागरिक उन्मुक्ति र सदभावना पार्टीबीच एकीकरणको सहमति

जनकपुरधाम । रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र नेपाल सदभावना पार्टीबीच एकीकरण गर्ने सहमति भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी र सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले संयुक्त रुपमा आइतबार प्रेस विज्ञप्ती जारी गर्दै सहमतिबारे बताएका हुन् ।

जनकपुरधाममा आइतवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम लाल चौधरीले मधेसवादी दलले आफूसँग धोखाधडी गरेको आरोप लगाए ।

नेता चौधरीले  जेलमा बस्दा यहाँका मधेशवादी दलले आफूलाई स्वीकार गर्न नमानेको तर चुनावमा आफ्नो नाम भजाउने काम मात्र गरेको आरोप लगाए । आफनो रिहाई र मुक्तीको विषयमा उनीहरुले भाषण मात्र गरेको र व्यवहारमा कुनै पनि काम कडाईका साथ गर्न नसकेको उनको तर्क छ ।

उनले नेपाल सदभावना पार्टीसँग मात्र नभई अरु दुई/चारवटा दलहरु सम्पर्कमा रहेको र उनीहरुसँग पनि एकीकरण गरी आगामी निर्वाचनमा मधेसमा नागरिक उन्मुक्ति पार्टीले सरकार बनाउने जिकिर गरे ।

कार्यक्रममा नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले मधेस क्रान्तिको योद्धा रहेका नेता चौधरी पक्राउ परेपनि मधेसवादी दलले उनको रिहाई र न्यायका लागि नाटक गरेर चुनावमा नाम भजाउने काम मात्र गरेको आरोप लगाए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved