मधेसमा नयाँ सरकार गठनका लागि जनमतले आज दाबी पेश गर्ने

नेपालभ्युज

मधेसमा नयाँ सरकार गठनका लागि जनमतले आज दाबी पेश गर्ने

काठमाडौं ।  मधेस प्रदेशमा नयाँ सरकार गठनको लागि जनमतपार्टीले आज प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी गरेको छ ।

जनमतले  एमाले, नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न लागेको हो ।

एमाले र माओवादीले मधेस सरकारको नेतृत्व जनमत पार्टीलाई दिने निर्णय गरिसकेका छन् ।  हिजो बसेको तीन दलको बैठकले मधेस सरकारको नेतृत्व जनमत पार्टीलाई दिने सहमति गरेको थियो ।

तीन दलबीच हिजो भएको सहमतिमा नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका नेताले भने हस्ताक्षर गरेका छैनन् ।

केन्द्रमा जसपा, एकीकृत समाजवादी र लोसपाले मधेस सरकार गठनका विषयमा नेपाली कांग्रेससँग संवाद गरिरहदा केन्द्रीय सत्ता गठबन्धनले भने जनमतलाई अघि सारेको छ ।

सोही अनुरुप जनमतले आज प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष सरकार गठनको लागि दावी पेस गर्ने तयारी गरिएको जनमत पार्टीका अध्यक्ष सीके राउतले बताए । तर, मधेसमा एमाले, माओवादी र जनमतको सांसद संख्याले मात्रै नयाँ सरकार गठनको लागि आवश्यक बहुमत पुग्दैन ।

त्यसको लागि नेकपा एकीकृत समाजवादी र लोसपाको पनि समर्थन जरुरी छ । नेकपा एमाले र माओवादी केन्द्रले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उपेन्द्र यादव निकट मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत लिनुपर्ने अवस्थामा पुगेका हुन् ।

यादवले विश्वासको मत लिन अगावै विपक्षीदलहरुले दाबी पेश गर्ने तयारी गरेपनि सरकार गठनका लागि आवश्यक बहुमत भने जुटाउन सकेका छैनन् ।

१०७ सदस्यीय प्रदेशसभामा नयाँ सरकार गठननको लागि ५४ जना प्रदेससभा सदस्यको समर्थन आवश्यक पर्छ ।

मधेसमा कांग्रेसका २२ , जसपा नेपाल १९, लोसपा ९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

सत्ता गठबन्धनको एकीकृत समाजवादीलाई मधेसमा तान्न सके संघको भन्दा विपरीत गठबन्धन बन्न सक्ने अवस्था छ । त्यही प्रयत्नका लागि कांग्रेसको अगुवाइमा अस्ती बुधबार चार दलको बैठक बसेको थियो । त्यहाँ माधव नेपाल पनि सहभागी भएका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved