महेन्द्रनगरमा डिसहोम फाइबरनेटको औपचारिक सुरुवात

नेपालभ्युज

महेन्द्रनगरमा डिसहोम फाइबरनेटको औपचारिक सुरुवात

काठमाडौं। डिसहोमले कञ्चनपुरको महेन्द्रनगरमा फाइबरनेटको औपचारिक सुरुवात गरेको छ।

शुक्रबार सोरुम उद्घाटन, डिसहोमका तर्फबाट कार्यकारी उपाध्यक्ष रमेश सापकोटा हेड रेभिन्यु एण्ड एम्प, कलेक्सन उज्जल न्यौपाने, क्षेत्रीय बिक्री प्रबन्धक बिपेन्द्र न्यौपाने, सिनियर सेल्स अफिसर कमल रिमाल र डिलरको तर्फबाट बब्लु भट्टको उपस्थितिमा सम्पन्न भएको थियो ।

२०७८ फाल्गुनदेखि डिसहोम फाईवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सञ्चालन रोयल मल्टिप्रपोजले गर्नेछ । विगत लामो समयदेखि डिसमिडिया नेटवर्कसँग सहकार्य गरी डिसहोमको डिटिएच सेवा ग्राहकहरूमाझ पुर्‍याउँदै आएको रोयल मल्टी प्रपोजले अब डिसहोम फाइबरनेट बिक्री र बिक्रीपछिको सेवा नयाँ सोरुममार्फत दिनेछ ।

८५० सय भन्दा धेरै ग्राहकलाई डिसहोम फाइबरनेटको सेवा उपलब्ध गराइसकेको रोयल मल्टी प्रपोजले अब अझ बढी ग्राहकहरूमाझ पुग्न यस नयाँ सोरुमले मद्दत गर्ने रोयल मल्टी प्रपोजका सञ्चालक दिनेश चन्दले बताए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved