राष्ट्रिय स्वतन्त्र पार्टीका नेताले कुटे पत्रकार

बझाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक नगेन्द्र खड्काले पत्रकारलाई अपहरण गरी बन्दी बनाएर कुटपिट गरेका छन्।

नेपालभ्युज

राष्ट्रिय स्वतन्त्र पार्टीका नेताले कुटे पत्रकार

काठमाडौं । बझाङमा राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक नगेन्द्र खड्काले पत्रकारलाई अपहरण गरी बन्दी बनाइ कुटपिट गरेका छन्।

बझाङको सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत पत्रकार सुनील मण्डलले सोमबार खड्काले आफूलाई अपहरण गरी होटेल होली डे इनमा लगेर कुटपिट गरेको बताएका छन् ।

खड्का स्वयं उक्त होटलका सञ्चालक हुन्। खड्काको निर्देशनमा मण्डललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखा र प्रेस चौतारी नेपाल बझाङले कारबाहीको मागसहित विज्ञप्ति जारी गरेका छन्।

मंगलबार पत्रकार महासंघ शाखाका अध्यक्ष शैलेन्द्र रोकाया र चौतारीका तर्फबाट सहसचिव सुरेश धामीले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै प्रेसविरोधी कार्यको भर्त्सना गरेका छन्।

पत्रकार कुट्ने खड्का पहिले नेपाली कांग्रेसमा आबद्ध रहँदै विवेकशील साझामा प्रवेश गरेका थिए । केही समय पहिले साझा पार्टी त्यागी रास्वपा प्रवेश गरेर जिल्ला संयोजकको भूमिका निर्वाह गर्दै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved