युद्ध अन्त्य गराउने प्रयासमा सुडानी नागरिक समाजको बैठक इजिप्टमा

नेपालभ्युज

युद्ध अन्त्य गराउने प्रयासमा सुडानी नागरिक समाजको  बैठक इजिप्टमा

कायरो । सुडानका नागरिकहरूको राजनीतिक गठबन्धन समूह द फोर्सेस अफ फ्रिडम एण्ड च्यालेञ्जले देशमा एक सय दिनदेखि जारी युद्धलाई कसरी अन्त्य गर्न सकिन्छ भन्ने सम्बन्धमा इजिप्टको राजधानी कायरोमा गहन छलफल गरेको छ ।

दुई दिनसम्म सञ्चालन भएको उक्त बैठक सुडान संकटको मूल कारणबारे नागरिकस्तरमा प्रत्यक्षरूपमा छलफल गर्न महत्वपूर्ण भएको गठबन्धनले एक विज्ञप्ति निकालेर बताएको छ । ‘उत्तरी अफ्रिकी देश भित्र र बाहिर सुडानीहरूको पीडालाई बढाउँदै जारी द्वन्द्वको अन्त्य तथा नागरिक लोकतान्त्रिक शासनको पुनःस्थापनालाई बैठकले जोड दिएको छ,’ युद्धको अविलम्ब अन्त्य हुनुपर्नेमा जोड दिँदै विज्ञप्तिमा भनिएको छ ।

बैठकमा सहभागी सुडानका सात छिमेकी राष्ट्र इजिप्ट, इथियोपिया, दक्षिण सुडान, चाड, इरिट्रिया, मध्य अफ्रिकी गणतन्त्र र लिबियाका नेताहरूका साथै अफ्रिकी सङ्घ र अरब लिगका उच्च पदस्थ अधिकारीहरूले सुडानको एकता र सार्वभौमसत्ताप्रति पूर्ण सम्मान व्यक्त गर्दै आन्तरिक द्वन्द्वमा बाह्य हस्तक्षेप हुननहुनेमा जोड दिँदै युद्धरत पक्षलाई तत्काल युद्धविराम गर्न आह्वान गरेका छन् । साथै उनीहरूले अन्तरराष्ट्रिय मानवीय सहायता निकायलाई सुडानका छिमेकी देशसँग समन्वय गरी सहायता परिचालन गर्न अनुरोध पनि गरेका छन् ।

सुडान द्वन्द्वमा परी हालसम्म तीन हजारभन्दा बढीको मृत्यु भएको छभने कम्तीमा छ हजार घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयका अनुसार तीस लाख सुडानी विस्थापित भएका छन् । सुडानभित्रै २४ लाख ४० हजार विस्थापित भएका छन्भने छ लाख ६० हजार छिमेकी मुलुक पलायन भएका छन् । सिह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved