नेपाली नर्सलाई बेलायत पठाउन सफ्टवेयर लन्च

नेपालभ्युज

नेपाली नर्सलाई बेलायत पठाउन सफ्टवेयर लन्च

काठमाडौं । नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा पठाउन आवश्यक पर्ने सफ्टवेयर लन्च भएको छ ।

अनलाइन मार्फत आवेदन दिनका लागि आवश्यक पर्ने सफ्टवेयर  बिहीबार लन्च गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागले बिहीबारदेखि सफ्टवेयर लन्च भएको र शुक्रबारदेखि आवेदन दिन सकिने बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई बेलायत पठाउन लागेको छ । त्यसका लागि शुक्रबारको गोरखापत्रमा सूचना जारी गरिने जनाएको छ ।

नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता गरी नेपाली नर्सलाई बेलायत पठाउन लागिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved