नेप्सेमा सामान्य गिरावट, ३ अर्ब ५ करोडको कारोबार

नेपालभ्युज

नेप्सेमा सामान्य गिरावट, ३ अर्ब ५ करोडको कारोबार

काठमाडौं। साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ ।  दिनभर उतारचढावको अवस्थामा रहेको बजार १.३१ अंकले घटेर २१६३.९२ विन्दुमा झरेको हो ।

बिहीबार ५४ हजार ९५४ कारोबारबाट ८४ लाख २४ हजार १०८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ।

विशाल बजार कम्पनी र लिबेट्री इनर्जीको कारोबार सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा अपर हेवाखोला, बोटलर्स नेपाल, दोल्ती पावर कम्पनीसहितका धितोपत्रको मूल्य पनि धेरैले बढेको छ ।

यस्तै, सिटिजन्स म्युचअल फन्ड र कुमारी इक्विटी फन्डको मूल्य नकारात्मक सर्किट लेबलमा घट्यो ।

आज शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स, ज्योति विकास बैंकको धेरै कारोबार भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved