सिनामंगलको सुन पसलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ

नेपालभ्युज

सिनामंगलको सुन पसलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ

काठमाडौं। सिनामंगलको खोटाङ हलेसी ज्वेलर्समा सुन पसलमा शंकास्पद वस्तु राखेको आरोपमा एकजना पक्राउ परेका छन् ।

सुन पसल नजिकैको होटलमा लुकेर बसेका रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो । पासवानलाई अहिले गौशाला प्रहरीमा लगिएको छ ।

सुन पसल सञ्चालक मने विश्वकर्माले आफूसँग पटकपटक फोन गरेर ५ लाख नदिए बम राख्छु भनेर धम्की दिएको प्रहरीलाई बताएका छन् ।

ज्वेलर्स अगाडि राखिएको शंकास्पद वस्तु बम नभएको पनि पुष्टि भएको छ । सुन पसलको सटरअगाडि राखेको वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली पुगेको थियो । डिस्पोजको क्रममा उक्त वस्तु बम नभएको खुलेको सेनाले बताएको छ ।

सटरमा संयोजक सफलको नाममा टाँसिएको पर्चामा लेखिएको छ, ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईंको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला । ’

विश्वकर्मासँग यसअघि पनि पसलमा आएर धम्की दिएर पैसा मागेको खुलेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved