जनमत पार्टीको केन्द्रीय समिति विस्तार, यादवलाई तोकियो प्रवक्ता

नेपालभ्युज

जनमत पार्टीको केन्द्रीय समिति विस्तार, यादवलाई तोकियो प्रवक्ता
काठमाडौं । डा सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो ।
बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र दुई सय १६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले जानकारी दिए । उनका अनुसार केन्द्रीय समितिमा अधिकांश नयाँ सदस्य छन् ।
यसअघि केन्द्रीय समितिमा रहेका केहीलाई भने सचिवालयमा ल्याइएको छ । पार्टीको विधानअनुसार तीन सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउनुपर्नेमा तत्काल दुई सय १६ सदस्यीय केन्द्रीय समिति बनाइएको सो पार्टीले जनाएको छ ।
यसैगरी डा शरद्सिंह यादवलाई प्रवक्ताको जिम्मेवारी दिइएको जनाइएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved