भ्रष्टाचारी पक्रने अभियान रोकिन्न: गृहमन्त्री

नेपालभ्युज

भ्रष्टाचारी पक्रने अभियान रोकिन्न: गृहमन्त्री

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारले चलाएको अभियानले विश्राम नलिने बताएका छन् ।

सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर काम अगाडि बढाइरहेको भन्दै मन्त्री श्रेष्ठले भ्रष्टाचारीलाई पक्रने कामबाट विश्राम नलिने बताएका हुन् ।

बिहीबार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले समृद्ध मुलुकको लक्ष्य हासिल गर्न सुशासन अनिवार्य भएको पनि बताए । ‘हामी सुशासनका पक्षमा दृढ छौं’, उनले भने, ‘सरकारको ध्यान निर्दोष नफसुन् र दोषी नछुटुन् भन्नेमा केन्द्रित छ ।’

मन्त्री श्रेष्ठले कानून सबैलाई बराबर हुने भन्दै भ्रष्टाचारको मामलामा कसैप्रति पनि लचिलो नहुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले प्रहरी समायोजनको प्रक्रिया टुंगोमा पुर्‍याउन सरकार दृढ रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved