जनमतलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भईरहेको छः सञ्चारमन्त्री शर्मा

नेपालभ्युज

जनमतलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भईरहेको छः सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भईरहेको बताएकी छन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएकी हुन् । सो सम्बन्धमा अहिले अलि पोजेटिभ छलफल भएपनि निष्कर्षमा भने पुगिनसकेको मन्त्री शर्माको भनाई थियो । त्यस अवसरमा उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सुरु देखिनै राष्ट्रिय सहमतीको सरकारमा जोड दिएको पनि स्मरण गराईन् ।

‘अहिले अलि पोजेटिभ छलफल भईरहेको छ । यसको निष्कर्षमा पुगिसकेको छैन’ उनले भनिन् ‘निष्कर्षमा नपुग्दाखेरी यस विषयमा भन्न सकिएन ।’

मन्त्री शर्माले रासायनिक मलको अभाव नभएको जिकीर समेत गरिन् । प्रधानमन्त्री र कृषि मन्त्रालयले मलमा समस्या नभएको कुरा बारम्बार भनेको उल्लेख गर्दै उनले वितरणमा भने केही समस्या देखिएको र त्यसको समाधानमा पनि सरकार लागि परेको बताईन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved