बढुवा कर्मचारीको पदस्थापन

नेपालभ्युज

बढुवा कर्मचारीको पदस्थापन

हेटौंडा ।  बागमती प्रदेश सरकारले पहिलो पटक ११ औँ तहमा बढुवा भएका कर्मचारीलाई पदस्थापन गरेको छ । बागमतीमा प्रदेशबाटै कर्मचारी भर्ना लिने उद्देश्यअनुसार मुख्यमन्त्री शालिकराम जमकट्टेलले नियुक्तिपत्र प्रदान गरेर कर्मचारीको पदस्थापन गराएका हुन् ।  प्रदेश सरकारले बढुवा गरेका कर्मचारीहरूमा डा चन्द्रप्रसाद लुइँटेल र पूर्णबहादुर दर्जी रहेका छन् ।

प्रदेश सरकारको वैशाख ११ गतेको निर्णयअनुसार प्रदेश लोक सेवा आयोग, बागमती प्रदेशले रिक्त पदहरूमा बढुवा समितिको निर्णयअनुसार योग्यता क्रमका उम्मेदवारहरूलाई बढुवाका लागि सिफारिस गरेको थियो । प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा ४३ को प्रयोजनका लागि यो सूचना प्रकाशित गरेर बढुवामा सिफारिस गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved