दैनिक बिहान स्याउको स्मूदी खाँदा फाइदै फाइदा

नेपालभ्युज

दैनिक बिहान स्याउको स्मूदी खाँदा फाइदै फाइदा

एजेन्सी । स्याउको स्मूदीमा कैयौं प्रकारका पोषक तत्वहरु पाइन्छन् जसले स्वास्थ्यसँग जोडिएको धेरै समस्याहरुलाई कम गर्न सहयोग गर्छन् । आउनुहोस् जानौं दैनिक बिहान स्याउको स्मूदी सेवन गर्दा हुने फाइदाहरुका बारेमा–

  •  स्याउको स्मूदीमा फाइबर भरपूर मात्रामा हुन्छ, जसको नियमित सेवनले कब्जियत तथा अपचको समस्या कम हुन्छ । साथै दिशा सजिलोसँग निकाल्नका लागि दैनिक स्याउको स्मूदीको सेवन गर्नु फाइदाजनक हुन्छ ।
  •  दैनिक खाली पेटमा स्याउको स्मूदीको सेवन गर्नाले मुटुको स्वास्थ्य पनि राम्रो हुन्छ । स्याउमा पाइने पोटाशियम, फाइबर र भिटामिन सीले रक्तचापलाई नियन्त्रित गरी हृदय सम्बन्धी समस्या कम गर्छ ।
  •  स्याउको स्मूदीमा भिटामिन सी को राम्रो मात्रा पाइन्छ, जसले रोग प्रतिरोधात्मक शक्ति पनि वृद्धि गर्छ । यसले अक्सीडेटिभ स्ट्रेसलाई कम गर्न सहयोग गर्छ ।
  •  यो नियमित सेवन गर्दा मेटाबोलिज्म बुस्ट हुन्छ जसले फ्याट तथा कोलेस्ट्रोल दुबै सही मात्रामा कम गर्ने गर्दछ । राम्रो मेटाबोलिज्म बनाएर तपाईं मोटोपन तथा हृदय सम्बन्धी समस्याहरुको सम्भावनालाई कम गर्न सक्नुहुन्छ ।
  • स्याउको स्मूदी खानु भनेको एउटा एनर्जी बुस्टर पनि हो । यसमा राम्रो मात्रामा ग्लूकोज पाइन्छ जसले शरीरमा ऊर्जा दिने काम गर्छ । यसरी शरीरको थकान तथा कमजोरी टाढा भाग्छ ।
  • यस स्मूदीमा भिटामिन ए पनि प्रसस्त मात्रामा पाइन्छ जसले आँखासँग जोडिएको समस्याहरुलाई कम गर्न सहयोग गर्छ । यसको नियमित सेवनले आँखाको रोशनी पनि बढ्दै जान्छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved