‘स्काइ वाक’ बाट देखिएको काठमाडौं (तस्वीरहरु)

‘स्काइ वाक’ बाट देखिएको काठमाडौं (तस्वीरहरु)

काठमाडौं। साहसिक पर्यटनको हव बनाउने प्रयास अनुसार काठमाडौको कमलादीमा निर्माण गरिएको स्काई वाक आज “शुक्रबार” देखि औपचारिक रुपमा सञ्चालनमा आएको छ।

१३ रोपनी २ आना जग्गामा फैलिएको परियोजनामा ७८.५ मिटर अग्लो टावरमा निर्माण गरि जमिनको सतहबाट ६५ मिटर उचाइमा सिसामा स्काई वाक गरिने ब्यबस्था गरिएको छ। सिसामाथि हिँडेर साहसिक मज्जा लिनका लागि काठमाडौंमा यो एकमात्र गन्तव्य हो ।

२५ तल्ला रहेको टावरमा २२ तलासम्म लिफ्ट चडेर र बाँकी तीन तलामा सिँढीमार्फत माथि जान सकिन्छ । दुई वटा लिफ्ट सुविधा रहेको टावरमा एक पटकमा ४५ जनाभन्दा धेरै मानिस तलमाथि गर्न सक्ने छन् । टावरको २५ औं तला पुगेपछि सिसा ओच्छाइएको भुइँमा हिड्न पाइन्छ ।

त्यहाँ हिँड्दा खुला खाकाशमा हिँडेजस्तो अनुभव हुने छ । साहसिक पर्यटनका पारखीहरूले यसमा मज्जा लिन सक्नेछन्। टावर बाट ३६०° मा काठमाडौ उपत्यकाको दृश्य देख्न सकिन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved