लडाकु शिविरमा भएका भ्रष्टाचारको पनि तत्काल छानविन गर्नुपर्छः सांसद राणा

नेपालभ्युज

लडाकु शिविरमा भएका भ्रष्टाचारको पनि तत्काल छानविन गर्नुपर्छः सांसद राणा

काठमाडौं ।  सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थराज्यमन्त्री उदयशमशेर राणाले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको पनि तत्काल छानविन गर्न सरकारसँग माग गरेका छन् ।

सांसद राणाले माओवादी लडाकु शिविरमा पनि भ्रष्टाचारसम्बन्धि समस्याहरु रहेकाले त्यसको पनि छानविन प्रक्रियालाई तत्काल अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग माग गरेका हुन् ।

प्रधानमन्त्री दाहाल र गृहमन्त्री श्रेष्ठका आफ्नै मान्छेहरु पनि भ्रष्टाचारमा संलग्न भएको कुरा बाहिर आएको जिकीर गर्दै उनले त्यसलाई पनि छायाँमा पर्न सरकारले दिन नहुने बताए । सांसद राणाले ललिता निवास प्रकरणको छानविनको कामलाई सरकारले पुनः अघि बढाएकोमा स्वागत गर्दै त्यस्ता खालका अरु भ्रष्टाचारका मुद्दाहरुलाई पनि सरकारले अघि बढाउनुपर्ने बताए ।

‘त्यो लडाकुको विषयमा पनि समस्याहरु अहिले देखिएको छ । त्यो फाईल पनि खोल्न म प्रधानमन्त्री र गृहमन्त्रीलाई आग्रह गर्न चाहन्छु । ललिता निवासको फाईल खोलिएको छ । त्यो ठिकै छ । कारबाही हुनुपर्छ’  उनले भने, ‘करप्शनमा जिरो टोलरेन्स हुुनुपर्छ भन्ने कुरामा म र मेरो पार्टी क्लिएर छ , प्रधानमन्त्री र गृहमन्त्रीका आफ्नै पार्टीका मान्छेहरुको नाम आएको छ । त्यस्ता मुद्दाहरु पनि छायामा नपरोस् भन्ने मेरो आग्रह छ । यो हामी सबै नेपालीको माग हो ।’

सांसद राणाले आफ्नो पार्टीले भ्रष्टाचार नियन्त्रणका लागि शुन्य सहनशीलताको नीति लिएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved