सफ्टवेरिका कलेजले ह्याक द बक्ससँगको सहकार्यमा ‘क्याप्चर द फ्लाग बुटक्याम्प २०२३’

नेपालभ्युज

सफ्टवेरिका कलेजले ह्याक द बक्ससँगको सहकार्यमा ‘क्याप्चर द फ्लाग बुटक्याम्प २०२३’

काठमाडौं। सफ्टवेरिका कलेजले ह्याक द बक्ससँगको सहकार्यमा उच्च प्रत्यासित ‘क्याप्चर द फ्लाग बुटक्याम्प–२०२३’ कार्यक्रम आयोजना गरेको छ।

सफ्टवेरिका कलेजको ब्लक ईमा आयोजित गरेको थियो। यस कार्यक्रमको मुख्य उद्देश्य साइबर सुरक्षा योग्यता र ज्ञान बढाउनका लागि एक अद्वितीय अवसर प्रदान गर्ने लक्ष्य राखिएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीले वास्तविक–विश्वसँग मिल्ने साइबर सुरक्षा परिदृश्यहरु जस्तै– ह्याकर र डिफेन्डरहरुजस्तै सोच्ने र आफ्नो सीप विकास गर्ने आवसर पाएका थिए। यो प्रतियोगिता दोस्रो र तेस्रो वर्षका विद्यार्थीका लागि आयोजित गरिएको थियो। जसमा लगभग १५० सहभागीले भाग लिएका थिए।

कार्यक्रममा अतिथि वक्ताहरु र ह्याक द बक्स मिटअप मेन्टरहरु शिशिर सुवेदी, निर्मल थापा, सन्तोष भण्डारी र समिप पोखरेलको उपस्थिति थियो। यी अनुभवी सल्लाहकारले सहभागीलाई प्रेरित साथसाथै सीटीएफ प्रतियोगितामा उत्कृष्ट हुन आवश्यक पर्ने सीपहरुमा मार्गदर्शन पनि प्रदान गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved