ललितपुर महानगरले ल्यायो साढे ६ अर्बको बजेट, गौरवका आयोजनालाई ३ अर्ब

नेपालभ्युज

ललितपुर महानगरले ल्यायो साढे ६ अर्बको बजेट, गौरवका आयोजनालाई ३ अर्ब

काठमाडौं । ललितपुर महानगरपालिकाले पनि आगामी आर्थिक वर्षका लागि बजेट ल्याएको छ । आइतबारको नगरसभामा महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले ६ अर्ब ५० करोड रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् ।

बज्राचार्यले पुँजीगततर्फ ४ अर्ब २१ लाख ४६ हजार र चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार प्राप्त हुने अनुमानसहित बजेट प्रस्तुत गरेकी हुन् ।

महानगरले राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब प्राप्त हुने पनि अनुमान गरेको छ । त्यस्तै महानगरले १० वटा महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ छुट्याएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved