‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को इन्टरनेट पार्टनरमा डिसहोम

नेपालभ्युज

‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को इन्टरनेट पार्टनरमा डिसहोम

काठमाडौं। असार ८ र ९ गते ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना हुँदैछ । आईसीटी फाउन्डेसन नेपालको आयोजना र कार्यक्रमको डिसहोम फाइबरनेट इन्टरनेट पार्टनर रहेको छ । कन्क्लेभमा विभिन्न देशका आइसिटी विज्ञहरूसहित ७० बढी स्रोत विज्ञहरू रहेका छन् ।

द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढी सेसनहरू सञ्चालन हुनेछन् । २ दिने कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरूको उपस्थिति रहनेछ ।

आईसीटी फाउन्डेसन नेपालले आयोजना गरेको डिजिटल नेपाल कन्क्लेभको दोस्रो संस्करण हो । कन्क्लेभको प्रि–इभेन्टको रूपमा फाउन्डेसनले सातै प्रदेशमा डिजिटल प्रदेश संवाद कार्यक्रम सञ्चालन गरेको थियो ।

सातै प्रदेशको डिजिटल अवस्था र सक्षमताको जानकारी सहितको डिजिटल प्रदेश परिदृश्यको दोस्रो संस्करण कन्क्लेभमा सार्वजनिक गरिने आयोजकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved