नयाँ अल्टिमा डाइनामाइट पोर्टेबल बास–बुस्ट स्पिकर अब मात्र रु. २५९९ मा

नेपालभ्युज

नयाँ अल्टिमा डाइनामाइट पोर्टेबल बास–बुस्ट स्पिकर अब मात्र रु. २५९९ मा

काठमाडौं। तेज गतिले बढ्दो लाइफस्टाइल एक्सेसरिज ब्रान्ड अल्टिमा लाइफस्टाइलले आफ्नो स्पिकर वर्गअन्तर्गत नयाँ ‘अल्टिमा डाइनामाइट’ स्पिकर लिएर आएको छ।

गाना सुन्ने सामान्य अनुभवलाई अझै परिस्कृत बनाउने परिकल्पनाका साथ अल्टिमाले नेपाली बजारमा सबै संगीतप्रेमीहरूका लागि आफ्नो उच्च गुणस्तरको स्पिकर सार्वजनिक गरेको हो।

हालै कम लागतको ब्लुटुथ कलिङ स्मार्टवाच ‘वाच म्याजिक’ले नेपालको ई–कमर्स लन्च इतिहासमा नयाँ कीर्तिमान कायम गर्न सफल भएको छ। नेपालको सबैभन्दा ठूलो ई–कमर्स प्लेटफर्म ‘दराज’बाट लन्च–डेमा मात्र २३० भन्दा बढी पिस वाच म्याजिक बिक्री गरेर स्मार्टवाचको बिक्रीमा नयाँ रेकर्ड कायम गरेको थियो।

अल्टिमा डाइनामाइट स्पिकरमा रहेको १८०० एमएएच ली–पोलिमर ब्याट्रीका कारण स्पिकरले ११ घन्टासम्म राम्रो प्लेब्याक प्रदान गर्दछ। यस स्पिकरमा रहेको आईपीएक्स६को विशेषता पानी र झटका प्रतिरोध गर्ने हो। जसले गर्दा यो स्पिकर साथीहरुसँग पिकनिक, पैदलयात्रा, क्याम्पिङ वा कुनै पनि प्रकारको इनडोर र आउटडोर गतिविधिहरु गर्न प्रयोगकर्ताको एक उत्तम सहयोगी हुन सक्छ। साथै, यो सानो कम्प्याक्ट स्पिकरमा सबैभन्दा नयाँ–पुस्ताको ब्लुटुथ भी५.० प्रविधि र एयूएक्स÷माइक्रो एसडी कम्प्यातिबिलिटी प्रविधि जडित रहेको छ।

यो कम्प्याक्ट डिजाइनको स्पिकर भएकोले यसलाई सजिलै झोलामा झुन्डाएर वा खल्तीभित्र हालेर साथमा बोक्न सकिन्छ। नवरचना र ग्राहक सन्तुष्टिमा दृढताका साथ ध्यान केन्द्रित गर्दै अल्टिमाका संस्थापक अमित अग्रवालले भने, ‘हामी अडियो क्षेत्रमा एक उदीयमान ब्रान्डका रुपमा यो स्पिकरले हाम्रो नवीनताप्रतिको प्रतिबद्धता प्रस्ट दर्शाउनेमा विश्वस्त छौँ।’

यो लन्चपश्चात अल्टिमाले नेपाली ग्राहकलाई किफायती मूल्यमा विशिष्ट गुणस्तरीय उत्पादनहरु उपलब्ध गराउने आफ्नो लक्ष्यअनुरुप एसेसरिजको बजारमा थप अधिकार जमाउँदै जानेछ। अल्टिमा डाइनामाइटको मूल्य रु. २ हजार ५९९ रहेको छ। तर विशेष लन्च अफरका रुपमा पहिलो १०० ग्राहकले यो स्पिकरमात्र रु. १ हजार ९९९ मा दराजबाट असार ७ गते (जुन २२) खरिद गर्न सक्नेछन्। साथै, यो स्पिकर असार ९ गतेदेखि सबै अनलाइन र अफलाइन माध्यमहरुमा उपलब्ध हुनेछ।

अल्टिमाले नेपालको अग्रणी डिजिटल वालेट प्रदायक ‘खल्ती’सँग सबै अल्टिमा उत्पादन बिक्री गर्नका लागि सहकार्य गरेका छन्। जसले गर्दा अब ‘खल्ती बजार’बाट सबै अल्टिमाका उत्पादन खरिद गर्न सकिन्छ। यस विशेष सहकार्यका लागि अल्टिमाले प्रि–बुकिङ अफर, उपहारलगायतका अन्य अफर पनि सञ्चालन गरिरहेका छन्।

खल्तीका प्रयोगकर्ताले अब मात्र रु. १ मा अल्टिमा डाइनामाइटको प्रि–बुकिङ गर्न सक्नेछन् भने प्रि–बुकिङ गरेका सबै ग्राहकले मात्र रु. १ हजार ९९९ मा स्पिकर पाउन सक्नेछन्। प्रि–बुकिङ असार ७ गतेदेखि सुरु भई असार ९ गतेसम्म चल्नेछ भने अल्टिमा डाइनामाइटको बिक्री असार ९ गते (जुन २४) देखि सुरु हुनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved