बागलुङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

नेपालभ्युज

बागलुङमा जीप दुर्घटना, दुई जनाको मृत्यु

बागलुङ । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी मदन केसीले जानकारी दिए । उनीहरूको घटनास्थलमै मृत्यु भएको केसीको भनाइ छ ।

जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको केसीले बताउनुभयो । मृत्यु हुने दुवै जना पुरुष रहेको उनको भनाइ छ । जीप सडकभन्दा धेरै तल खसेको हुँदा अहिलेसम्म कति सवार थिए भन्ने यकिन हुन नसकेको सूचना अधिकारी केसी बताउँछन् । अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धारकार्यमा लागेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved