नागरिकताविहीनहरूको प्रश्न:

‘आमा नेपाली बुवा नेपाली, हामी कहाँको ?’ (तस्वीरहरू)

२५ भन्दा धेरै पक्राउ

‘आमा नेपाली बुवा नेपाली, हामी कहाँको ?’ (तस्वीरहरू)

काठमाडौं । नागरिकता पाउनुपर्ने माग राख्दै प्रदर्शनमा उत्रिकाहरूलाई प्रहरीले पक्राउ गरेको छ । नागरिकताविहीनहरूले मङ्गलबार सर्वोच्च अदालतअगाडि प्रदर्शन गरेका थिए । त्यसक्रममा २५ जनाभन्दा बढी पक्राउ परेका छन् ।

प्रदर्शनकारीहरूले ‘आमा नेपाली बुवा नेपाली, हामीचाहिँ कहाँको’, ‘सर्वोच्च अदालत नागरिकताविहीन यहाँ छौँ’लगायतका नारा लेखिएका पर्चा बोकेर नाराबाजी गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले तत्काल कार्यान्वयन नगर्नु भनी आदेश जारी गरेको छ । यसपछि नागरिकताविहीनहरू सर्वोच्च अदालतसँग थप आक्रोशित बनेका छन् ।

तस्वीरहरू;


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved