हाम्रो गिफ्ट्सले गर्‍यो केएफसी र पिज्जा हटका फास्ट फुड विदेशमै बसेर अर्डर गर्न मिल्ने सम्झौता

नेपालभ्युज

हाम्रो गिफ्ट्सले गर्‍यो केएफसी र पिज्जा हटका फास्ट फुड विदेशमै बसेर अर्डर गर्न मिल्ने सम्झौता

काठमाडौं। हाम्रो गिफ्ट्सले नेपालभर सेवालार्ई विस्तार गर्दै प्रयोगकर्ताहरुले आफ्ना आफन्तजनलाई उपहार पठाउने सेवालाई थप विस्तार तथा विश्वसनिय बनाउँदै देवयानी इन्टरनेशनल नेपालसँग सहकार्य गरेको छ । यसले विश्वभर छरिएर बसेका नेपालीले नेपालमा रहेका आफ्ना प्रियजनहरूलाई उपहार पठाउनको लागि सेवा विस्तार गरेको छ । देवयानी इन्टरनेशनल नेपालले नेपालमा भएका के.एफ.सी (KFC) र पिज्जा हट (Pizza Hut) का फास्ट फुडहरू संचालन गर्दै आएको छ।

यसै प्रक्रिया अनुरुप देवयानी इन्टरनेशनल नेपाल र हाम्रो गिफ्टले पारस्परिक रूपमा लाभदायक कार्य सम्बन्ध स्थापना गर्ने उदेश्यले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यो साझेदारी पश्चात विदेशमा रहेका नेपालीहरूले आफ्ना प्रियजनहरूलाई के.एफ.सी. (KFC) र पिज्जा हट (Pizza Hut) का परिकारहरू हाम्रो गिफ्टको नेटवर्क मार्फत पठाउन सक्नेछन् । यस साझेदारीबाट विदेशमा रहेका नेपाली नागरिकहरूलाई नेपालमा रहेका आफ्ना प्रियजनहरूसँग अझ नजिक बनाउने विश्वास लिइएको छ ।

“यस प्लेटफर्मले नेपाल बाहिर बसोबास गर्ने ब्यक्तिहरुले आफ्ना आफन्तसँगको भौतिक दूरीलाई कम गरी अझ मजबुत बनाउने ब्यहोरा देवयानी इन्टरनेशनल नेपालका प्रमुख वित्तिय अधिकृत रितुराज शाहले बताए । “यस सहकार्यले हामीलाई छिटो र भरपर्दो डेलिभरी सेवाहरू सुनिश्चित गरेर हाम्रा ग्राहकहरूलाई अझ बढी आनन्दको बातावरण रचना गर्नेछ र यो रणनीतिक गठबन्धनले बजारमा हाम्रो स्थिति बलियो बनाउने र विश्वव्यापी रूपमा नेपाली समुदायको सेवा गर्ने हाम्रो प्रतिबद्धतालाई बलियो बनाउनेछ “ हाम्रो गिफ्ट्सका निर्देशक मनिषमान महर्जनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

#HamroGift #PizzaHut #Agreement
Via Net
अर्थ संसार

अर्थ संसार
बुधबार, ३१ जेठ २०८०, ११ : ४७ मा प्रकाशित

लेखकबाट थप
facebook sharing buttontwitter sharing buttonlinkedin sharing buttonsharethis sharing button
प्रतिक्रिया दिनुहोस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved