मधेसका मुख्यमन्त्री यादवले पाए शतप्रतिशत मत

नेपालभ्युज

मधेसका मुख्यमन्त्री यादवले पाए शतप्रतिशत मत

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले  शतप्रतिशत विश्वासको मत पाएका छन् ।

नेकपा एमालेले  समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका हुन् । तर उनलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित सदनका सबैदल र स्वतन्त्र सांसदले विश्वासको मत दिए ।

मुख्यमन्त्री पक्षमा १०३ मत परेको छ । सदनमा एकसय ३ सांसद उपस्थित रहेकोमा सबै जनाले उनको पक्षमा मत दिएका थिए ।

यसअघि पहिलो पटक उनले माघ ४ गते पनि शतप्रतिशत मत पाएका थिए ।

पुस २७ गते   नेकपा एमालेसहितका दलको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका थिए ।

सरकारलाई दिएको समर्थन कुनै दलले फिर्ता लिएमा पुनः ३० दिन प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने कानुनी व्यवस्था बमोजिम उनले मंगलबार विस्वासको मत लिएका हुन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved