नागरिकता माग्दै युवाको अर्धनग्न प्रदर्शन (तस्वीरहरु)

शरीरको माथिल्लो भागको कपडा खोलेर प्रदर्शनमा उत्रिएका युवाले माइतीघरबाट, शहीदगेट, रत्नपार्क, भद्रकाली लगायतको परिक्रमा गरेका छन् । प्रदर्शनकारीले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चर्का नारा समेत लगाएका छन्।

नागरिकता माग्दै युवाको अर्धनग्न प्रदर्शन (तस्वीरहरु)

काठमाडौ। नागरिकता माग्दै संघर्ष गरिरहेका एक युवकले आत्मदाहको प्रयास गरेपछि नागरिकता विहिनहरुको प्रदर्शन चर्किएको छ।

नागरिकताको माग गर्दै प्रदर्शनमा उत्रिएका निरज कामतले आत्मदाहको प्रयास गरेपछि उनको समर्थनमा अर्धनग्न जुलुस निस्किएको छ ।

शरीरको माथिल्लो भागको कपडा खोलेर प्रदर्शनमा उत्रिएका युवाले माइतीघरबाट, शहीदगेट, रत्नपार्क, भद्रकाली लगायतको परिक्रमा गरेका छन् ।

प्रदर्शनकारीले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चर्का नारा समेत लगाएका छन्। त्यसअघि उनीहरुले माइतीघरमा पुत्ला जलाएका थिए ।

आत्मदाहको प्रयास गर्ने कामतको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

तस्वीरहरु :

यो पनि 

https://www.nepalviews.com/2023/06/13/169095/

https://www.nepalviews.com/2023/06/13/169113/

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved