नबिल बैंकले एसियन पेन्ट्स विक्रेतालाई च्यानल फाइनान्सिङ गर्नेसम्बन्धी सम्झौता

नेपालभ्युज

नबिल बैंकले एसियन पेन्ट्स विक्रेतालाई च्यानल फाइनान्सिङ गर्नेसम्बन्धी सम्झौता

काठमाडौं। नबिल बैंक लिमिटेड र एसियन पेन्ट्स नेपाल प्रालिबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य हुने भएको छ । च्यानल फाइनान्सिङ सहकार्य गर्ने सम्बन्धमा सोमबार दुईपक्षीय सम्झौता भएको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एसियन पेन्ट्सका कन्ट्री डाइरेक्टर गोपाल कृष्णनले हस्ताक्षर गरेको जनाइएको छ ।

सम्झौताअनुसार एसियन पेन्ट्स नेपालसँग आबद्ध व्यवसायीले च्यानल फाइनान्सिङका रूपमा थप व्यवसाय विस्तार गर्न चालू पुँजीमा लगानी गर्ने उद्देश्यका लागि आकर्षक ब्याजदर र न्यून धितो अनुपातमा नबिल बैंकका जुनसुकै शाखाबाट च्यानल फाइनान्सिङ कर्जा उपभोग गर्न पाउने बैंकले जनाएको छ ।

च्यानल फाइनान्सिङका प्रमुख आकर्षणअन्तर्गत आफ्ना वितरकलाई सामान बिक्री गरेको बिलबराबरको पूरा रकम भुक्तानी हुने कर्जा सुविधा उपलब्ध हुने बताइएको छ । बैंकले सम्बन्धित व्यवसायीहरूका लागि व्यवसाय विस्तार गर्न अन्य सेवा तथा एसएमई कर्जाहरूसमेत सहुलियत दरमा उपलब्ध हुने जनाएको छ ।

सम्झौतापछि बैंकका प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बैंकसँग आबद्ध हुने एसियन पेन्ट्सका वितरकहरूले बैंकबाट विशिष्टीकृत सेवा पाउने विश्वास दिलाए । व्यवसाय विस्तारका लागि आवश्यक पुँजी बैंकमार्फत पाउने उनको भनाइ थियो ।

यो सुविधाले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको चालू पुँजीकर्जासम्बन्धी मार्गदर्शनअनुरूप नै सम्पूर्ण खरिद–बिक्रीको भुक्तानी प्रक्रिया बैंक खातामार्फत मात्रै हुने प्रमुख कार्यकारी अधिकृत ढुंगानाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved