रुसले कब्जा गरेका आफ्ना भूमि फिर्ता ल्याउँदै युक्रेन

नेपालभ्युज

रुसले कब्जा गरेका आफ्ना भूमि फिर्ता ल्याउँदै युक्रेन

काठमाडौं। युक्रेनले रुसको कब्जामा रहेका आफ्ना भूमि एक-एक गर्दै फिर्ता ल्याउन सुरु गरेको छ।

बीबीसीका अनुसार युक्रेनले यसअघि रुसको  कब्जामा रहेका आफ्ना ४ वटा गाउँलाई फिर्ता ल्याएको हो। सोमबार युक्रेनले थप एक गाउँलाई पुनर्प्राप्ति गर्न सफल भयो। सो गाउँबारे विस्तृत जानकारी भने आउन बाँकी नै छ।

आइतबार युक्रेनले डोनेत्सक क्षेत्रमा अवस्थित ३ गाउँलाई फिर्ता ल्याएको थियो। सो क्षेत्रमा युक्रेनी सेनाले आफ्नो राष्ट्रको झण्डा राखेको भिडियोले चर्चा बटुलेको थियो। ब्लाहोदन्ते र नेस्कुन्चे युक्रेनले पुनः प्राप्ति गरेका मध्येका दुई गाउँ हुन्।

शनिबार युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले युक्रेनले जवाफी हमलाको तयारी तीव्ररूपमा अगाडि बढाइरहेको घोषणा गरेका थिए। उनले जवाफी हमलाको चरणबारे भने कुनै जानकारी गराएका छैनन्।

जवाफी हमलाका लागि एफ–१६ लडाकु विमान भित्र्याउने युक्रेनले पहल गरिरहेको छ । सो लडाकु विमान अमेरिकामा सन् १९७० को दशकमा बनाइएको थियो। ध्वनिको गतिभन्दा पनि दोब्बर क्षमतामा उडान भर्न सक्ने सो विमान पाए थप भूमि फिर्ता ल्याउने युक्रेनको दाबी छ ।

गत महिना अमेरिकाले युक्रेनलाई आधुनिक लडाकु विमान दिने निर्णय गरेको थियो। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सो निर्णयलाई ऐतिहासिक भनेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved