शैक्षिक गुणस्तर अभिवृद्धिका लागि थुलुङ दुधकोशीको श्वेतपत्र- विद्यालयलाई ‘जङ्गफूड्’ निषेधित क्षेत्र घोषणा गर्नुपर्ने

नेपालभ्युज

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि थुलुङ दुधकोशीको श्वेतपत्र- विद्यालयलाई ‘जङ्गफूड्’ निषेधित क्षेत्र घोषणा गर्नुपर्ने

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धिका लागि श्वेचपत्र-२०८० जारी गरेको छ । गाउँपालिका अध्यक्ष असिम राईले श्वेतपत्र जारी गरेका हुन् ।

गत जेठ २१ गते बसेको गाउँकार्यपालिका, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, प्रधानाध्यापक, रीड नेपालबीचको अन्तर्क्रियापछि श्वेतपत्र जारी गरिएको हो ।

१६ बुँदे श्वेतपत्रमा विद्यालयलाई ‘जङ्गफूड्’ निषेधित क्षेत्र घोषणा गरी लागू गर्नुपर्नेलगायतका बुँदा राखिएका छन् । यस्तै ‘एक अभिभावक, एक सहयोग’ कार्यक्रम लागू गर्ने, शिक्षण सिकाइ क्रियाकलापमा आईसीटी (ICT) को प्रयोगलाई जोड दिनुपर्ने भनिएको छ । यसैगरी शिक्षक-विद्यार्थीहरू बिहानको ९:४५ बजे नै विद्यालय परिसर प्रवेश गरिसक्नुपर्नेसमेत व्यवस्था गरिएको छ ।

विद्यालय प्रशासनसँगै समग्रतामा शैक्षिक गुणस्तरमा अभिवृद्धि र विकास गर्नका लागि श्वेतपत्र जारी गरिएको अध्यक्ष राईले बताएका छन् ।

हेर्नुस् पूरा श्वेतपत्र;


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved