निर्धारित समयभन्दा दुई घण्टासम्म बस्न नसकेपछि संसद् बैठक साढे १ बजेलाई सर्‍याे

नेपालभ्युज

निर्धारित समयभन्दा दुई घण्टासम्म बस्न नसकेपछि संसद् बैठक साढे १ बजेलाई सर्‍याे

काठमाडौं । निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो हुन लाग्दासमेत प्रतिनिधिसभाको बैठक सुरू नभएपछि फेरि समय सरेको छ। आज बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रतिपक्ष दलका कारण सुरु हुन ढिलाइ भएपछि साढे १ बजेको लागि सरेको हो।

बजेटको करका दर परिवर्तनका क्रममा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्ने विषयमा प्रस्ट नपारेसम्म सदन चल्न नदिने प्रतिपक्ष दलले जनाएका छन्। सभामुख देवराज घिमिरेको सचिवालयले भने सहमतिको प्रयास भइरहेको बताएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved