टीभीएसको मार्क्यु : नेपालकै पहिलो अन्तर्राष्ट्रिय बाइक राइड

नेपालभ्युज

टीभीएसको मार्क्यु : नेपालकै पहिलो अन्तर्राष्ट्रिय बाइक राइड

काठमाडौं। नेपालमा सर्वाधिक बिक्री हुने बाइकहरूको अग्रपङ्क्तिमा टीभीएस पनि पर्दछ । निकै पावरफुल र टेक्नोलोजीले भरिपूर्ण बाइकहरू निर्माण गर्दै नेपाली बजारमा आफ्नो बलियो स्थान हासिल गरेको टीभीएस एक यस्तो बाइक निर्माता हो जसले युवा पुस्तामा रहेको बाइकिङ संस्कृतिलाई पनि बढावा दिँदै आएको छ।

बाइकिङबाट सामाजिक कार्यमा सहयोग पुर्‍याउने र युवाहरूलाई एक अर्कासँग जोड्ने एक प्रभावकारी समुहका रूपमा टीभीएसले अपाचे अनर्स ग्रुप (एओजी) लाई अघि बढाइरहेको छ । सामूहिक प्रयास भए के सफल हुँदैन र भन्ने भावनालाई युवाहरूको मनमा स्थापित गर्न सुरु भएको एओजी, बाइकिङ कल्चर प्रवर्द्धनकै निम्ति नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले गठन गरेको एक ग्रुप हो । स्थापना काल देखिनै यस ग्रुपले विभिन्न आकर्षक र मनोरञ्जनात्मक कार्यक्रमहरू मार्फत युवाहरूको बाइकिङ प्रतिको लगावलाई प्रोत्साहन दिँदै आएको छ ।

परोपकार, मनोरञ्जन र शैक्षिक कार्यक्रमहरूमा सक्रिय रहने एओजी ग्रुपले यस पटक भने पहिलो अन्तर्राष्ट्रिय मार्क्यु राइडको आयोजना गर्दै आफ्नो उपस्थितिलाई नयाँ उचाइमा पुर्यािउन सफल बन्यो । “राइड टु ओरिजिन” उद्देश्य लिएर भारतको माइसोरमा रहेको टीभीएसको फ्याक्ट्रीसम्म पुग्‍ने लक्ष्य राखेको मार्क्यु राइडमा १० जना नेपाली राइडरहरूको सहभागिता रहेको थियो ।

राइडमा सहभागी हुने राइडरहरू बाइकिङ संस्कृतिलाई अघि बढाउनका निम्ति भ्लग र अन्य माध्यबाट सक्रिय युवाहरू थिए भने राइडका लागि टीभीएस अपाचे सिरिजका १६०, २०० र ३१० सिसिका मोटरसाइकको प्रयोग गरिएको थियो । फागुन ११ गते २०७९ बाट सुरु भएको उक्त अपाचे ओनरस् ग्रुप (एओजी) को मार्क्यु राइडमा नेपाल लगायत, भारत र बंगलादेशका थुप्रै राइडरहरू सहभागीता जनाएका थिए । फागुन ११ गते काठमाडौँ बाट रक्सौल हुँदै भारत प्रवेश गरेर सुरु भएको २२ दिने लामो त्यस यात्राका राइडरले भारतको प्रख्यात मोटो सोल नामक कार्यक्रममा सहभागिता जनाउने र भारतमै रहेको टीभीएसको फ्याक्ट्री को पनि भ्रमण गर्ने पनि मौका पाए ।

टीभीएस मोटर कम्पनी इन्डियाका बिजनेस हेड विमल सुम्ब्लीले बहुप्रतिक्षित टीभीएसमोटोसोल इन्डियाका बारेमा बोल्दैभने, “हामी संसारभर छरिएका वाइकिङ प्रेमीहरूका लागिटीभीएसमोटोसोल २०२३आयोजना गर्न पाएकामा निक्कै हर्षित छौँ । टीभीएसमोटोसोल,समान विचारधारा भएका मोटरसाइकल राइडरसमुदायलाई एक ठाउँमा ल्याउने, मोटरसाइकलप्रतिको प्रेमको उत्सव मनाउने, रेसिङ र बाइकिङका दिग्गजहरूसँग अन्तर्क्रिया गर्ने र एक आपसमा भाइचाराको भावना विकास गर्दै त्यलाई घरघरमा पुर्याकउने एउटा मंच हो।

यस कार्यक्रमका लागि काठमाडौंदेखि गोवासम्म अपाचे राइडरहरूसँग टीभीएसनेपाल- जगदम्बा मोटर्स प्रा. लिटोली सहभागी भएकामा मउत्साहित छु। यो पहिलो अपाचे ओनर्स ग्रुप अन्तर्राष्ट्रिय राइड हुनेछ, जहाँ राइडर्सले २० दिनमा ७००० किलोमिटरभन्दा बढी दूरीको यात्रा तय गर्नेछन्। यसले हाम्रो सबैभन्दा सफल प्रिमियम बाइक टीभीएस अपाचेप्रतिको राइडरहरूको प्रेम र विश्वासलाई साथै उनीहरू भित्र रहेको हिम्मतलाई प्रस्ट पार्दछ ।

७००० किलोमिटरको लामो मार्क्यु यात्राका बारेमा राडडर सागर थापा आफ्ना अनुभव यसरी सुनाउँछन् :

“७००० किलोमिटर लामो यात्रा गर्न सहजथिएन । यात्रा शारिरिक र मानसिक दुवै हिसाबले चुनौतीपूर्ण थियो । बाइस दिने यो यात्रा मलाई जीवनभर याद रहनेछ । नेपाल र भारतको फरक भूगोल, कला संस्कृति र खानपानको अनुभव गर्न पाइयो । यसै यात्रा मार्फत नेपाल भारत र बङ्गलादेशका राइडरसँग चिनजान पनि बढ्यो । टीभीएसले मलाई नयाँ सम्बन्धहरू गाँस्नइ सघाएको छ । यस यात्रा भन्दा पहिले म सोच्थेँ कि २०० सिसिको बाइकमा यति लामो यात्रा असम्भव छ तर त्यो असम्भवलाई यस यात्रा र मेरो टीभीएस २०० ले सम्भव बनाइदियो ।

यात्राकै क्रममा भारतको गोवा मा भएको टीभीएस मोटो सोल जस्तो भव्य कार्यक्रम पनि हेर्न मौका पाए जहाँ बाइक स्टन्ट लगायत अन्य अरु बाइकिङका कार्यक्रम पनि भएका थिए । माइसोर मा रहेको टीभीएस फ्याक्ट्रीको भ्रमण झनै यादगार थियो । आफूले चढ्ने बाइक कसरी र के प्रविधिको प्रयोगबाट बन्छ भनेर हेर्न पाउँदा अनि सन् १९८२ देखिको इतिहास बोकेको टीभीसलाई नजिकबाट हेर्न पाउँदा मलाई निकै खुसी लागेको छ । म टीभीएस नेपाल टीभीएस भारत र टीभीएस बङ्लादेशलाई यो अवसर जुराइदिएकोमा विशेष धन्यवाद दिन चाहन्छु ।”

विज्ञापन र पीएसएमार्फत कार्यक्रमलाई सहयोग गरेर नेपाल पर्यटन बोर्डले पनि यस अभियानलाई प्रभावकारी बनाउन ठूलो योगदान पुर्‍याएको थियो । नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूलाई भारतमा प्रचार गर्न र भारतीय राइडरहरूलाई नेपाल भ्रमणका निम्ति प्रोत्साहन गर्न भारत यात्रामा निस्किएको एओजी टिमलाई नेपाल पर्यटन बोर्डको यो कदमले निकै प्रोतसाहन गरेको थियो ।

टीभीएस एपाचे सिरिजका १६०, २०० र३१० सिसिका बाइक लिएर ७००० किलोमिटर लामो यात्रामा निस्किएको एओजी टिमका सम्पूर्ण राइडरहरूले आफूले चलाएको बाइकको खुलेर प्रशंसा पनि गरे । आरामदायी बाइक पाएकाले यात्रामा शारीरिक समस्या कम भएको र बाइको उत्कृष्ट ब्रेकिङ, पिकअप पावर , ह्यान्डलिङ अनि माइलेज ले गर्दा ठूला ठूला राजमार्गमा यात्रा गर्न सहज भएको राइडरहरूको भनाइ थियो ।

नेपालबाट यात्रा सुरु गरेको एओजी टिमले भारतको रक्सौलमा भारतीय राइडर र बिहारमा बंगलादेशका राइडरहरूलाई भेटेर यात्रालाई अघि बढाएका थिए । राइडकै क्रममा एओजी टिमका सदस्यले फागुन १९ र २० गते गोवामा आयोजना भएको मोटोसोल अल्टिमेट बाइकिङ फेस्टिभलमा पनि सहभागिता जनाए । भारतकै ठूलो मानिने उक्त फेस्टिभलमा विभिन्न बाइकिङ गतिविधिहरूका साथै टीभीएसका उत्कृष्ट बाइक, बाइकिङ पोशाक, र प्रविधिहरूको प्रदर्शनी गरिएको थियो ।

यस्ता राइडमार्फत टीभीएसले नेपाली राइडरलाई यात्राको अवसर दिने मात्र नभएर बाइकिङ क्षेत्रमा भइरहेका नयाँ परिवर्तनका बारेमा पनि जानकार बनाउन सहयोग गरेको छ । राइट टु ‌ओरिजिन नारा लिएर टीभीएस बाइकको निर्माण हुने ठाउँ माइसोर सम्म पुगेर बाइकको निर्माण प्रकियालाई हेर्ने मौका पाएका राइडरहरू यस्तो मौका दिलाइदिएकोमा टीभीएस नेपाल प्रति आभारी रहेको बताउँछन् ।

फागुन ११ गते काठमाडौं बाट सुरु भएको २२ दिने मार्क्यु राइड भारतको रक्सौल, गया, राउरकेला, छत्तिसगढ, गोंदिया, अमरावती, औरंगाबाद, सातारा, गोवा, उडुपी, माईसुरु, बंगलौर, तिरूपति, विजयवाड़ा, विशाखपटनम, ब्रह्मपुर, भद्रक, कोलकाता, भागलपुर, बाट रक्सौल हुँदै काठमाडौँमै आएर समाप्त भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved