नेपाली बजारमा सुनको मूल्यमा कीर्तिमान

नेपालभ्युज

नेपाली बजारमा सुनको मूल्यमा कीर्तिमान

काठमाडौ। एक तोला सुनको मूल्य एक लाख १३ हजार तीन सय पुगेसँगै हालसम्मकै कीर्तिमान कायम गरेको छ ।

बिहीबार प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ८ सय रुपैयाँले बढेको हो ।

त्यसैगरी, तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै बृद्धि भै १ लाख १२ हजार ७५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढ्दै १ हजार ४ सय ३५ रुपैयाँ पुगेको छ । चाँदी बिहीबार प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved