पूर्वप्रधानमन्त्री झलनाथ भन्छन्- ‘कपिलवस्तु र लुम्बिनी आफ्नो नक्सामा पारेर भारतले अनधिकृत कार्य गर्‍यो’

नेपालभ्युज

पूर्वप्रधानमन्त्री झलनाथ भन्छन्- ‘कपिलवस्तु र लुम्बिनी आफ्नो नक्सामा पारेर भारतले अनधिकृत कार्य गर्‍यो’

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले भारतले अनधिकृत कार्य गरेको बताएका छन् । भारतले भर्खरै उद्घाटन गरेको आफ्नो नयाँ संसद् भवनमा टाँसेको ‘अखण्ड भारत’को नक्सामा नेपाली भूमि लुम्बिनी, कपिलवस्तु, विराटनगरलगायत समाविष्ट गरेको छ । त्यसप्रति गम्भीर आपत्ति जनाउँदै खनालले भनेका छन्, “यो भारतीय सरकारको अनाधिकृत कार्य हो ।”

उनले त्यसअघि भनेका छन्, “यतिबेला भारत सरकारले आफ्नो नयाँ संसद् भवनमा कथित अखण्ड भारतको जुन नक्सा अंकित गरेको छ । त्यसमा हाम्रो देशको लुम्बिनी, कपिलवस्तुलगायतका क्षेत्रलाई पनि जबरजस्त उक्त नक्साभित्र पारिएको छ ।”

उनले भारतले संयुक्त राष्ट्रसङ्घका सदस्यहरूले पालना गर्नुपर्ने न्यूनतम मर्मलाई समेत नमानेको बताएका छन् । “भारतको यो कदमले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूले पालना गर्नुपर्ने न्यूनतम मर्मलाई समेत उल्लंघन गरेको र कुटनीतिक अपमान भएको महसुस हामी नेपालीहरूले गरेका छौँ,” उनले भनेका छन् ।

भारत सरकारको यो कदमले नेपाली जनताको स्वतन्त्रता र स्वाभिमानमा गम्भीर चोट पुगेको उनले बताएका छन् ।

यसअघि अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि भारतले आफ्नो गल्ती सच्याउनुपर्ने बताएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved