मधुमेह भएकाले मेवा खानु हुन्छ कि हुँदैन ?

नेपालभ्युज

मधुमेह भएकाले मेवा खानु हुन्छ कि हुँदैन ?

एजेन्सी । मधुमेहका विरामीहरु प्रायः खानेकुरालाई लिएर सधैं दुविधामा हुन्छन् । उनीहरुलाई त्यस्तो खानपान गर्न सल्लाह दिइन्छ जसको सेवन गर्नाले रगतमा सुगरको मात्रा नबढोस् । यस जानकारीमा हामी आज तपाईंहरुलाई मधुमेहका विरामीले मेवा खानु हुन्छ वा हुँदैन भनेर बताउनेछौं ।

मेवामा उच्च मात्रामा फाइबर र थोरै मात्रामा सुगर वा चिनीको मात्रा पाइन्छ । यसमा ग्लाइसेमिक इन्डेक्स ६० हुन्छ त्यसैले यसको सेवनले रगतमा सुगर बढ्दैन । मेवाको सेवन सीमित मात्रामा गर्न सकिन्छ ।

मधुमेहका रोगीहरुलाई प्रायः पेटसँग जोडिएका समस्याहरुको सामना गरिराख्नु पर्दछ । त्यसैले यस्तोमा उनीहरुलाई मेवा खाने सल्लाह दिइन्छ । मेवामा भरपूर मात्रामा फाइबर पाइन्छ जसले कब्जियत, अपच वा पेटसँग जोडिएका अन्य समस्याहरुबाट छुट्कारा दिन्छ ।

मधुमेहका रोगीलाई आँखा सम्बन्धी समस्या पनि देखिने गर्दछ । त्यसैले यस्तो अवस्थामा मेवाको सेवन गर्नाले आँखाहरुलाई स्वस्थ राख्न सकिन्छ । यो भिटामिन ए ले भरपूर हुन्छ । त्यस्तै मेवामा इन्जाइम, बीटाक्यारोटिन, भिटामिनहरु तथा फाइटोकेमिकल्स पाइन्छ, जसले छाला सम्बन्धी हुने समस्याहरुबाट बचाउन सक्छ ।

मधुमेहका रोगीहरुले पाकेको मेवाको तुलनामा काँचो मेवा खाँदा अझै फाइदा हुन्छ । यसमा चिनी कम तथा फाइबर अधिक मात्रामा पाइन्छ । तर तपाईं सीमित मात्रामा पाकेको मेवाको पनि सेवन गर्न सक्नुहुन्छ ।

मधुमेहका रोगीहरुले अत्यधिक मेवा सेवन गर्दा नोक्सानदायक पनि हुन सक्छ । त्यसैले काटेर टुक्रा पारेको मेवा एक कप वा एक कचौरा खान सकिन्छ । एक दिनमा त्यो भन्दा धेरै मेवाको सेवनले बेफाइदा पनि गर्न सक्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved