कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य

नेपालभ्युज

कर्णाली प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य

कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलोे अधिवेशन अन्त्य भएको छ । सभामुख नन्दा गुरुङले आइतबार राति १२ः०० बजेदेखि अधिवेशन अन्त्य हुने सूचना गरेकी हुन् ।

प्रदेशको १५औँ बैठकमा सभामुख गुरुङले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १८३ को उपधारा २ बमोजिम आज राति १२ः०० बजेदेखि चालु अधिवेशन अन्त्य हुने जानकारी गराए ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेसँगै मुख्यमन्त्री शर्माले प्रदेश प्रमुखसमक्ष पुगेर सिफारिस पत्र बुझाएका थिए । गत पुस १८ गते बसेको प्रदेशको पहिलो बैठकसँगै चालु अधिवेशनअन्तर्गत आजसम्म २० घण्टा सात मिनेटको समयावधिमा १५ वटा बैठक बसेको सभामुख गुरुङले जानकारी दिएकी थिईन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved