सरस्वतीनगर हत्या प्रकरण : पठाओमा अफलाइन चढेर आएका थिए हत्यारा

मोटरसाइकल चालक नियन्त्रणमा

‘‘हत्या गर्ने व्यक्ति आफ्नै सवारीमा आएका थिएनन्। राइडिङ शेयररिङ इनड्राइभर, पठाओ चलाउने मोटरसाइकलवालाको पछाडि बसेर आएका थिए, त्यो पनि अफलाइनमा। ती व्यक्ति नजिक अनुसन्धान पुगिसकिएको छ।’’

नेपालभ्युज

सरस्वतीनगर हत्या प्रकरण : पठाओमा अफलाइन चढेर आएका थिए हत्यारा

काठमाडौं । सरस्वतीनगरमा भाडा पसले नीरा पाण्डे आचार्यको हत्याराको पहिचान नजिक प्रहरी पुगेको छ। रहस्यमय बन्दै गएको घटनामा हत्यारा निजी मोटरसाइकलमा भाडामा चढेर आएकाले पहिचानमा सकस भएको छ।

प्रहरीले सीसीटीभी फुटेज, घटनास्थलमा प्राप्त प्रमाणलगायतका आधारमा प्रहरी हत्यारा नजिक पुगेको अनुसन्धान अधिकारीको दाबी छ।

एक अधिकारीले भने, ‘‘हत्या गर्ने व्यक्ति आफ्नै सवारीमा आएका थिएनन्। राइडिङ शेयररिङ इनड्राइभर, पठाओ चलाउने मोटरसाइकलवालाको पछाडि बसेर आएका थिए, त्यो पनि अफलाइनमा। ती व्यक्ति नजिक अनुसन्धान पुगिसकिएको छ।’’

क्राइम सिन : मध्य शहरमा नीरालाई छुरा हानेर मार्दा छिमेकीले कसरी थाहा पाएनन् ?

निजी मोटरसाइकलमा अफलाइन चढेर आएका ती व्यक्तिले नै नीराको हत्या गरेको निष्कर्षतर्फ प्रहरी अनुसन्धान सोझिएको छ। हत्यारा पहिचान गर्ने प्रयासमा प्रहरीले मोटरसाइकल चालकलाई थप सोधपुछ गरिरहेको छ।

उनलाई प्रहरीले अनुसन्धानका लागि सहयोग पुर्‍याउन नियन्त्रणमा लिएको जनाएको छ।

अनुसन्धान गर्ने एक अधिकारीले भने, ‘‘मोटरसाइकल चालक र ती व्यक्तिबीच फोनमा पनि कुरा भएका रहेनछ। सिधै मोटरसाइकल रोकिरहेको ठाउँमा आएर सरस्वतीनगर जानुपर्‍यो भन्दै चढेका रहेछन् ।’’

आमा खोज्दै रुन्छिन् नीराकी नाबालिका छोरी, कसले देला वात्सल्यताको न्यानो काख

प्रहरीले यो घटनालाई निष्कर्षमा पुर्‍याउन एकीकृत अनुसन्धान समिति बनाएको छ। उपत्यका प्रहरी अनुसन्धान कार्यालय र काठमाडौं परिसरको संयुक्त टोलीले अनुसन्धान थालेको हो।

सरस्वतीनगरको व्यस्त सडकमा आफैँले सञ्चालन गरेको ‘निरु किचेन’ पसलभित्रै बागलुङ बडिगाड गाउँपालिकाकी ३५ वर्षीय नीराको ७ वैशाखमा धारिलो हतियारको प्रयोगबाट हत्या भएको थियो।

उनकाे घाँटीदेखि पेटसम्म करिब २० ठाउँमा गहिरो चोट छ। घटनास्थलमा हतियार भने फेला परेको छैन। हत्यामा प्रयोग गरिएको धारिलो वस्तु चक्कु नै भएको अनुमान छ।

घटनाको एकसाता बित्दा प्रहरी अझैसम्म ‘क्लु’ नै अल्झिएको छ। पीडित परिवारका आफन्तले भने हत्यारा छिटो पत्ता लगाउन प्रहरीलाई दबाब दिइरहेका छन्। नीराका आफन्तले नीराको हत्या भएको पसलअगाडि नै धर्नासमेत दिइरहेका छन्।

सडकमा सीसीक्यामरा नहुँदा नीराका अपराधीको ‘क्लु’ पाउन प्रहरीलाई मुस्किल (भिडिओ)

रहस्यमय बन्दै नीराको हत्या, न्याय माग्दै आफन्त आन्दोलित (फोटोहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved