काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई कसरी कानुनीराज्यको अनुभुती दिलाउनु हुन्छ भनेर प्रश्न गरेका छन् । बुधबार साँझ सामाजिक सञ्जालमा एक स्टाटस अपडेट गर्दै उनले अवैध संरचनाको संरक्षण गरेको भन्दै यस्तो प्रश्न गरेका हुन् ।
मेयर साहले उच्च अदालतले बागमती सभ्यताकोविरुद्ध बस्ती नहटाउन परेको रिटमा अन्तरिम आदेश जारी नभएको भन्दै बस्ती संरक्षण गर्ने कानुन र नैतिकताको बारेमा श्रेष्ठ समक्ष प्रश्न गरेका हुन् ।
‘यदि कुनै कानुनले कसैमाथि अन्याय गरिरहेको छ भने तत्काल कानुन परिवर्तन गर्न सार्वजनिक अपील गरेर प्रक्रिया सुरु गर्नुहोस्, या कानुन बमोजिमको शासन व्यवस्था अँगाल्नुहोस्’ उनले भनेका छन्, ‘यस तर्फ कुनै पनि कदम नचाली वैधानिक रुपमा नै यति भइसक्दा पनि कुन कानुन र नैतिकताका आधारमा यस्ता अवैध संरचना संरक्षण गर्नु हुन्छ ? कसरी कानुनी राज्यको अनुभूति दिलाउनु हुन्छ गृहमन्त्री ज्यू ?’
उनले २० साउन २०७६ मा सर्वोच्च अदालतबाट बागमती, बिष्णुमती, मनोहरा र यिनका सहायक नदीहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदीको स्वच्छता कायम गराउन तथा सार्वजनिक जग्गाको संरक्षण गर्न आदेश भएको स्मरण गराए।
Facebook Comment
Comment