तरभुजाको बोक्रा पनि छ गुणकारी

नेपालभ्युज

तरभुजाको बोक्रा पनि छ गुणकारी

एजेन्सी । तरभुजाले शरीरमा शीतलता बनाइराख्ने काम गर्छ । साथै यसले डिहाइड्रेशनबाट पनि बचाउँछ । तर तपाईंलाई थाहा छ ? तरभुजाको बोक्रा पनि हाम्रो लागि एकदमै फाइदाजनक हुन्छ भनेर ।

सामान्यतयाः तरभुजाको रातो भाग मात्र खाएर अरु हामी फाल्ने गर्छौं । तर त्यो बचेको भाग पनि हाम्रो शरीरका लागि फाइदाजनक हुन्छ ।

तरभुजाको बोक्रामा पाइने भिटामिन सीले  हाम्रो इम्यून सिस्टमलाई बलियो बनाउने काम गर्छ । साथै यसको बोक्राको सेवन गरेमा रक्तचाप पनि नियन्त्रणमा आउँछ ।

तरभुजाको बोक्रामा फाइबर पाइन्छ, जसले पेटसँग जोडिएका समस्या जस्तै कब्जियत, अपच आदिबाट पनि राहत दिन्छ । ब्लड सुगर तथा कोलेस्ट्रोलको स्तरलाई नियन्त्रित गर्नका लागि पनि तरबुजाको बोक्रालाई प्रयोग गर्न सकिन्छ ।

तौल कम गर्नका लागि पनि तरभुजाको बोक्रा एकदमै फाइदाजनक हुन्छ । सामान्यतयाः बोक्रा खाँदा यसको शुरुको हरियो भागलाई एकदमै पातलो गरेर ताछेर फाल्ने र भित्रको सेतो भाग खान सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved