वालेट ‘खल्ती’ का दुईजना कर्मचारीविरुद्ध मुद्दा नचलाउने निर्णय

नेपालभ्युज

वालेट ‘खल्ती’ का दुईजना कर्मचारीविरुद्ध मुद्दा नचलाउने निर्णय

काठमाडौं । डिजिटल वालेट ‘खल्ती’ का दुईजना कर्मचारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको छ । सेवाग्राहीको खाताबाट रकम चोरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले डिजिटल वालेट ‘खल्ती’ का कर्मचारीलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रामेछाप घर भएका अनिल कार्की र कैलाली घर भएका सन्देश स्वाँर रहेका छन् । उनीहरु विरुद्धको ठगी मुद्दामा सरकारी वकिल कार्यालय काठमाडौँले ‘मुद्दा नचल्ने’ निर्णय गरेको हो ।

पक्राउ परेकाहरुले सेवाग्राहीको खाताबाट  ७० लाख रकम चोरी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उनीहरुले सेवाग्राहीको पैसा फिर्ता गरेपछि आरोपीहरुविरुद्ध सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले बताए । उनले भने, ‘मुलुकी फौजदारी कार्यविधिसंहिता–०७४ को दफा (१७) अनुसार मिलापत्र भएको छ ।’ गएको चैत पहिलो साता ब्यूरोले कार्की र स्वाँरलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved