चितवनबाट शीर्ष नेतालाई रविको आग्रह- आफ्ना उम्मेदवारहरूलाई संयमित गराउनुस् 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभपातिसमेत रहेका चितवन क्षेत्र नं. २ का उम्मेदवार रवि लामिछानेले अन्य दलका उम्मेदवारहरूलाई संयमित रहन आग्रह गरेका छन् ।

नेपालभ्युज

चितवनबाट शीर्ष नेतालाई रविको आग्रह- आफ्ना उम्मेदवारहरूलाई संयमित गराउनुस् 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका चितवन क्षेत्र नं. २ का उम्मेदवार रवि लामिछानेले अन्य दलका उम्मेदवारहरूलाई संयमित रहन आग्रह गरेका छन् ।

चितवनबाटै फेसबूक लाइभ आएका उनले भनेका छन्, “अरु दलका उम्मेदवारहरूलाई मेरो विनम्रतापूर्वक आग्रह छ कि तपाईंहरू संयमित रहनुहोला र म दलका शीर्षस्त नेताहरूलाई पनि यहीँबाटै भन्न चाहन्छु— आफ्ना उम्मेदवार, नेता/कार्यकर्ता, भोलिन्टियर र मतदाताहरूलाई संयमित राखिदिनुहोला ।”

उनले लोकतन्त्रमा विश्वास राख्ने दलहरूले हुलहुज्जत, गुण्डागर्दी र झडपमा विश्वास राख्न नहुने बताए । “पछि पनि सहकार्य हुन्छन्, पछि पनि निर्वाचन लडिन्छ । अहिले राम्रो अभ्यास गरौँ । भोलिका दिनमा तपाईंको पक्षमा मतदान गर्ने न्यनूतम ठाउँ राख्नुहोला । मतदाताहरूका लागि त्यो ठाउँ राख्नुहोला,” रविले भनेका छन् ।

उनले आफू र आफ्नो टिममाथि आक्रमणको प्रयास भएकोसमेत बताएका छन् । “म मतदान केन्द्रमा आउँदा केही नाराबाजीहरू भएका थिए मेरो पक्षमा । तपाईंहरू आउँदा पनि त तपाईंका मतदाता तथा समर्थकहरूले नाराबाजी गरे होलान् तपाईंका पक्षमा । त्यसलाई मैले स्वाभाविकरूपमा लिएको छु, मेरो पक्षमा नारा लगाइँदा पनि त्यसलाई स्वाभाविकरूपमै लिनुहोला,” रविले भनेका छन् ।

यस्तै उनले सबैलाई मतदान गर्न आग्रह गरेका छन् । “तपाईंले मतदान गर्नुभएको छैन भनेर गर्नुहोला, मौसम राम्रो छ, मैले प्रशासनलाई भयरिहत होस् भनेर भनिसकेको छु । तपाईंहरू बिनारोकतोक गएर मतदान गर्न सक्नुहुन्छ,” उनले भनेका छन् ।

यसअघि भोजाडस्थित नयाँकिरण माध्यमिक विद्यालय मतदान केन्द्रमा पुग्दा रवि र उनको टिममाथि आक्रमणको प्रयास भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved