प्रेग्नेसी प्लान गर्दै हुनुहुन्छ भने चाहिन्छ यी हर्मोन्स

नेपालभ्युज

प्रेग्नेसी प्लान गर्दै हुनुहुन्छ भने चाहिन्छ यी हर्मोन्स

एजेन्सी । कतिपय अवस्थामा गर्भधारण गर्ने कोसिस गरिरहँदा पनि गर्भ नै रहँदैन । यसका पछाडि विभिन्न कारणहरु हुन सक्छन् तर ती मध्ये एउटा कारण हर्मोन्सहरुको पनि हुन सक्छ । हर्मोन्सहरुको असन्तुलनले पनि गर्भधारण नभएको हुन सक्छ । त्यसैले प्रेग्नेसीको योजना बनाउँदा सधैं विभिन्न हर्मोन्सहरु सन्तुलित अवस्थामा छन् कि छैनन् भनेर जाँच गर्नुहोस् ।

१. फोलिकल स्टिमुलेटिंग हर्मोन

यो हर्मोनबाट गर्भाशयको फोकसको बारेमा थाहा हुन्छ । यसका साथ मेनोपोज हुने र प्रजनन क्षमतालाई प्रभावित पार्छ । त्यसैले यसलाई तपाईं महिनावारी भएको तेस्रो दिन जाँच गर्नु पर्दछ । यसको रेन्ज ३ र १० एमएम हुनुपर्दछ ।

२. ल्यूटिनजिंक हर्मोन
यसलाई जाँच गरेर ओब्यूलेशन तथा ओवेरियन फङ्शनको बारेमा थाहा पाउन सकिन्छ । यसको जाँच पनि महिनावारीको तेस्रो दिन वा ७ देखि १० दिन भित्र जाँच गर्नु पर्दछ । यसको सामान्य रेन्ज तेस्रो दिनमा ७  एमएम भन्दा कम हुनु पर्दछ ।

३. एस्ट्राडियोल

ओवेरियन फङ्शनको बारेमा थाहा पाउन तथा प्रजनन स्वास्थ्यलाई मनिटरिंग गर्न यो हर्मोनको जाँच गर्नुपर्ने हुन्छ । यसको जाँच पनि महिनावारीको तेस्रो दिन गर्नुपर्छ । यसको सामान्य रेन्ज २५ र ७५ पिको ग्राम प्रति मिलीलिटर हुन्छ ।

४. प्रोजेस्टेरोन

ओब्यूलेशन तथा बाँझोपनको बारेमा तथा अनियमित महिनावारीका बारेमा यो हर्मोनको जाँच गर्नुपर्ने हुन्छ । यसको जाँच महिनावारीको २१ दिनभित्रको समयमा गर्नुपर्छ । सामान्य रेन्ज २१ औं दिनमा जाँच गर्दा १० या त्यो भन्दा धेरै हुन सक्छ ।

५. टेस्टोस्टेरोन

पीसीओएस र एन्ड्रोजनको स्तरलाई प्रभावित गर्ने तथा अन्य स्थितिको बारेमा जान्नलाई यो हर्मोन जाँच गराउन सकिन्छ । यसको चाँज महिनावारीको २१ दिनभित्रमा गर्न सकिन्छ । यसको सामान्य रेन्ज १.९७  हुन्छ ।

६. थायराइड स्टिमुलेटिंग हर्मोन
थायराइडको गडबडी तथा निदानका लागि यो हर्मोनको जाँच आवश्यक हुन्छ । जसले महिनावारीको चक्र तथा गर्भधारणलाई पनि प्रभावित गर्छ । यसको जाँच महिनावारीका कुनै पनि दिन हुन सक्छ । यसको सामान्य रेन्ज ०.५ देखि ५.०   हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved