नेपालकै सबैभन्दा द्रुत गतिको अल्टिमेट स्कुटर यामाहा एरोक्स १५५ सार्वजनिक

नेपालभ्युज

नेपालकै सबैभन्दा द्रुत गतिको अल्टिमेट स्कुटर यामाहा एरोक्स १५५ सार्वजनिक

काठमाडौं। यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतीक्षित यामाहा एरोक्स १५५ अल्टिमेट स्कुटर बाइकिङ हिजो देखि बिक्री वितरण सुरुवात गरेको छ । विशिष्ट र स्लीक एरोडायनामिक स्पोर्टी डिजाइनको साथ एरोक्स १५५ मा गति र शक्तिको सम्मिश्रण रहेको छ । प्रदर्शन, शैली र सवारी अनुभवका लागि यसले नयाँ मानक सिर्जना गर्नेछ ।

यामाहा एरोक्स १५५ मा लिक्विडकुल्ड इन्जिन रहेको छ, जसले यसलाई १२० किमी प्रतिघन्टाको उच्च गति भएको नेपालको सबैभन्दा छिटो स्कुटर बनाउँछ । यसको १५५ सीसीको ‘आर’ डीएनएन इन्जिनले १५ पीएस पावर दिन्छ, जसले राइडरहरूलाई गति र शक्तिको उचित सन्तुलन अनुभूति प्रदान गर्दछ ।

अगाडिको एलईडी हेडलाइटहरूले रात्रि समयमा पनि उत्कृष्ट भिजिबिलिटि प्रदान गर्दछ भने पछाडिको टेल लाइटमा बाह्र कम्प्याक्ट एलईडीहरू छन् जसले बाइकको सौन्दर्यमा आधुनिकताको स्पर्श थप्दै थ्रीडीको आवरण दिन्छ ।

एरोक्स १५५ को ५.८ इन्च एलसीडी इन्स्ट्रयुमेन्ट स्क्रिनले स्पीडोमिटर, आरपीएम, र भीभीए सूचकहरू प्रदर्शन गर्दछ जसले सवारहरूलाई सडकमा हुँदा महत्त्वपूर्ण जानकारी ट्र्याक गर्न सजिलो बनाउँछ ।

स्कुटरमा यामाहा वाई कनेक्ट जडित छ जुन सवारको स्मार्टफोनमा सम्बन्धित एप मार्फत जडान गर्न सकिन्छ । यसले सवारहरूलाई मर्मतको समय, खराबीका सूचनाहरू, माइलेज, ब्याट्रीको स्तर र पार्किङ स्थानजस्ता कुराहरू ट्र्याक गर्न सहज बनाउँछ ।

स्पोर्टी डिजाइनको बावजुद यामाहा एरोक्स १५५ एकदमै फराकिलो छ र सिटमुनि २४.५ लिटरको स्टोरेज पनि उपलब्ध छ । यसले धेरै उन्नत प्रविधिहरू पनि प्रदान गर्दछ । जस्तै भेरिएबल भल्व एक्चुएनस अर्थात भीभीए, इन्धन खपतमा सहयोग गर्ने खालको निष्क्रिय स्टप(स्टार्ट गर्ने विधि, र परिष्कृत सुरक्षाको लागि एबीएससँग फ्रन्ट डिस्क ब्रेक ।

एरोक्स १५५ को गुणस्तरीय सामग्रीहरूले स्थायित्व र निर्भरता सुनिश्चित गर्दछ, जसले भरपर्दो र दीर्घकालीन स्वामित्व प्रदान गर्दछ ।

यामाहा एरोक्स १५५ रेसिङ ब्लु, ग्रे वर्मिलियन र मेटालिक ब्ल्याक गरी तीन फरक मूल्यमा उपलब्ध छ । सो स्कुटरको मूल्य ४ लाख ७४ हजार ९ सय रुपैयाँ रहेको छ । यामाहाको आधिकारिक शोरूमहरूबाट सो स्कुटर किन्न र बुक गर्न सकिन्छ । स्कुटरको वारेमा थप विस्तृत विवरणका लागि यामाहाको आधिकारिक वेबसाइट https://www.maw2wheelers.com/ बाट पनि जानकारी लिन सकिन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved