अस्पताल बेडबाटै शुभकामना दिँदै भण्डारीले भने- चाँडै आउँछु, त्यतै उपचार गर्छु

आफ्नै घरको ग्यास लिक भइ आगलागी हुँदा घाइते नेपाली कांग्रेसका नेता एवम् सांसद डा. चन्द्र भण्डारीले अस्पतालको बेडबाटै भिडियोमार्फत नयाँ वर्ष २०८० को शुभकामना दिएका छन् ।

नेपालभ्युज

अस्पताल बेडबाटै शुभकामना दिँदै भण्डारीले भने- चाँडै आउँछु, त्यतै उपचार गर्छु

काठमाडौं । आफ्नै घरको ग्यास लिक भइ आगलागी हुँदा घाइते नेपाली कांग्रेसका नेता एवम् सांसद डा. चन्द्र भण्डारीले अस्पतालको बेडबाटै भिडियोमार्फत नयाँ वर्ष २०८० को शुभकामना दिएका छन् ।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भण्डारीको उपचार भइरहेको छ । अस्पतालमा उपचाररत सांसद भण्डारीले भिडियो शन्देसमा भनेका छन्, “स्वदेश तथा विदेशमा बस्ने बस्ने नेपालीहरू २०८० को उपलक्ष्यमा नयाँ वर्ष मनाइरहेका छौँ । एकअर्कोले सुख, शान्ति, समृद्धिको कामना गरिरहेका छौँ । यस अवसरमा सम्पूर्ण नेपालीलाई म नयाँ वर्षको सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छु ।”

उनले आफ्नो स्वास्थ्यमा सुधार भइरहेको र यसमा शुभचिन्तकहरूको माया, सद्भाव, प्रेम र प्रार्थनाले काम गरेको बताएका बताएका छन् । ‘मेरो स्वास्थ्यको कारणले गर्दा हजुरहरूसँग म सहभागी हुन सकिरहेको छैन । तपाईंहरूको माया, सद्भाव, प्रेम र प्रार्थनाका कारण मेरो स्वास्थ्यमा सुधार भइरहेको छ,’ उनले भनेका छन् ।

सांसद भण्डारीले छिट्टै नेपालमै फर्केर थप उपचार गर्ने समेत बताएका छन् । गत फागुन ३ गते राति काठमाडौं बुद्धनगरस्थित निवासमा ग्यास लिक भइ आगलागी हुँदा सांसद भण्डारी र उनकी आमा घाइते भएका थिए । सुरूमा कीर्तिपुरस्थित अस्पतालमा उपचार गराएर उनलाई थप उपचारका लागि भारत लगिएको थियो ।

उनको आमाको भने फागुन ४ मै मृत्यु भइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved