मिटरब्याज पीडित र सरकारी प्रतिनिधि बीचको वार्ता सकारात्मक

नेपालभ्युज

मिटरब्याज पीडित र सरकारी प्रतिनिधि बीचको वार्ता सकारात्मक

काठमाडौं। आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक भएको छ ।

साेमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले पीडितहरूसँग गरेको दोस्रो वार्तामा दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजी पीडित संघर्ष समितिका प्रवक्ता निर्ग नविनले बताए।

उनले वार्तामा सरकारी वार्ता टोली र आफूहरूले आ-आफ्ना धारणा राखेको बताए । उनले मिटरब्याज अपराध छानबिन समिति र पीडितबीच भएको पाँचबुँदे सहमतिका विषयमा छलफल गरेको जानकारी दिए ।

उनले यसअघि पीडितहरूसँग भएका सहमति कार्यान्वयन र पछिल्लोपटक संघर्ष समितिले पेस गरेका मागका बारेमा दोहोरो संवाद भए पनि सहमति हुन नसकेको बताए । नवीनले वार्ता सकारात्मक भएको भन्दै छलफललाई निरन्तरता दिने पक्षमा सरकारी पक्षले आश्वासन दिएको बताए ।

मंगलबार मिटरब्याजपीडित संघर्ष समितिका संयोजकसहित वार्ता गर्ने गरी वार्ता सकिएको उल्लेख गर्दै उनले मिटरब्याजी पीडितहरू राज्यले समाधान गर्ने विषयमा संवेदनशील नदेखिएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved